नवलपरासी,२९ पुस ।
अखिल (क्रान्तिकारी) नवलपरासीले जिल्ला सम्मेलनकाे तयारी गरेको छ ।
संगठनको जिल्ला सम्मेलन आयोजक समितिको बैठकले सम्मेलनकाे मिति छिट्टै तय गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिति नवलपरासीका संयोजक रमेश पाण्डेयले जानकारी दिए ।
त्यसका लागि आगामी माघ ४ गते आयोजक समितिको प्रशिक्षणात्मक बैठक हुने क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका पाण्डेयले बताए ।
यसैबीच जिल्ला सम्मेलन एंव राष्ट्रिय सम्मेलनको तयारीका कामहरुको क्रममा बर्दघाटमा बिद्यार्थी भेटघाट कार्यक्रम गरिएको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो संयोजक मनोज थापाले बताए ।
मंगलवार आयोजित बिद्यार्थी भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय सदस्य राजेन्द्र न्यौपाने, क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासी संयोजक मुक्तमाया महतोलगायत सहभागी थिए ।
क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फागुन १,२ र ३ गते काठमाण्डौमा हुदैछ ।






