बुटवल,२९ पुस ।
मिर्मिरे युवा क्लब बुटवल-१३ बदेलपाेखरीद्वारा आयोजित दोस्रो मेयर कप खुल्ला भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सञ्चालन भएको प्रतियोगिताको मंगलबार एक कार्यक्रमकाबीच बुटवल नगर खेलकुद विकास समितीका संयोजक बोनिन पियाले उद्घाटन गरेका हुन् ।

बुटवल -१३ बदेलपोखरी मिर्मिरे युवा क्लबको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा १० टिम सहभागि रहेको क्लबका अध्यक्ष शेरजंग गुरुङले जानकारी दिए ।

लिग कम नकाउटका आधारमा खेलाइने खेल माघ १ गते समापन हुने क्लबले जनाएको छ ।