बुटवल,२९ पुस ।
राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त डा. सुरेश आचार्यले रितपूर्वक माग गरिएको सुचना दिनु सुचना अधिकारीकाे कर्तव्य भएको बताएका छन् ।

बुटवल उपमहानगरपालिकाकाे आयोजनामा मंगलबार बुटवलमा आयो जित सार्वजनिक सराेकारका सुचना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आयोगका प्रमुख सुचना आयुक्त डा.आचार्यले उक्त कुरा बताएका हुन् ।

कानुन अनुसार गाेप्य राख्नुपर्ने सुचना बाहेक सार्वजनिक सराेकारका सुचना सार्वजनिक गर्नुपर्ने भन्दै उनलेे रितपूर्वक माग गरिएका सुचना नदिए सम्बन्धित पदाधिकारी तथा अधिकारीलाई २५ हजार रूपयासम्म जरिवाना र जागिर जानसक्ने कानुनी ब्यवस्था रहेको जानकारी गराए ।
पारदर्शितानै लाेकतन्त्रकाे आत्मा भएको भन्दै उनलेे सार्वजनिक निकाय र सुचना अधिकारीलाई जिम्मेवार बनाउन आयोगले सराेकारवाला निकायहरूसँग समन्वय गरिरहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्याल,बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, सुचना अधिकारी तुल्सा अर्याललगायतले बुटवल उपमहानगरपालिकाले कानुन अनुसार सार्वजनिक गर्नुपर्ने सुचना नियमित गर्ने गरेको दाबी गर्दै सुचना माग्ने ब्यक्तिकाे नियत प्रष्ट नहुँदा कहिलेकाही समस्या देखिएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका अन्गर्गतका महाशाखा,शाखा प्रमुख,वडा सचिवलगायतका कर्मचारीहरूकाे सहभागीता रहेको थियो ।








