काठमाडौँ,२८ पुस ।
राजधानी काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न समय लागेपछि बैठक मंगलबारसम्म लम्बिएको हो ।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले विशेष महाधिवेशन मंगलबारसम्म लम्बिएको जानकारी दिए ।

मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् । उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’