दाङ,२८ पुस ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाह प्रतिष्ठान,दाङद्वारा राष्ट्रिय कविता प्रतियाेगिता -२०८२ मा पाल्पाली साहित्यकार भावना खनाल प्रथम भएकि छिन् ।

प्रतियोगितामा दाङकी विणा राेका द्वितीय र प्यूठानका देवेन्द्र कुमार रिजाल तृतीय भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा आइतबार दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा नगदसहित सम्मानपत्र र शिल्डद्वारा सम्मान गरिएकाे थियाे ।

३०४ ओैँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा राष्ट्रभरिबाट र अमेरिका लगायत विभिन्न अन्तर्राष्ट्रिय स्तरबाट अनलाइन मार्फत सयाैँ कविता प्राप्त भएकाेमा उत्कृष्ट १० कवितालाई छनाेट गरेर ओैपचारिक कार्यक्रममा वाचनका निम्ति आमन्त्रण गरिएकाे थियाे । जसमा पाल्पाली साहित्यकार भावना खनाल प्रथम भएकी हुन् ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रतिष्ठानका अध्यक्ष हरि शाहकाे सभापतित्व र नागरिक समाजका अध्यक्ष निम बहादुर थापाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाकाे उपाध्यक्ष ललित बहादुर ओलीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संस्थाकाे सचिव श्रीधर शर्माकाे सञ्चालनमा सम्पन्न भएको थियो ।