बुटवल,२६ पुस ।
बुटवलमा जारी सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत
एथ्लेटिक्स तर्फ वटा विधाका खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताको दाेस्राे दिन आइतबार बेलुकासम्म ९ स्वर्ण सहित कालिका प्रथम ८ स्वर्ण सहित न्यु होराईजन द्वितीय स्थानमा रहेको छ ।
एथ्लेटिक्स र कराँतेमा गरि कालिका ९ स्वर्ण सहित प्रथम र ८ स्वर्ण सहित न्यु होराईजन द्वितीय स्थानमा रहेको बुटवल नगर खेलकुद विकास समितिका सदस्य शेरजङ गुरूङले जानकारी दिए ।
उनका अनुसार एथ्लेटिक्स तर्फ १००, २००, ४००, ८००, १५०० सटपुट, लङ्ग जम्प, त्रिपल जम्प, ज्याभ्लिङ्ग लगायत १८ विधाका खेल सम्पन्न भएका छन् ।
भलिबल को छात्र तर्फ आज नबिन र न्यु होराईजनबीचकाे सेमिफाइनलमा होराईजन विजयी हुँदै फाईनल प्रवेश गरेको छ ।
दोस्राे सेमीफाईनल साेमबार कान्ती मावि र दीप बाेर्डिङबीच हुनेछ ।
बुटवल-११, एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगितामा बुटवल उपमहानगर अन्तरगत रहेका ४२ वटा सामुदायिक तथा निजी विद्यालयहरुबाट १ हजार ५८८ विद्यार्थीहरुले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरेकाे बुटवल नगर खेलकुद विकास समितिका संयोजक बाेनिन पियाले जानकारी दिए ।
प्रतियोगितामा रनिङ शिल्ड विजेता विद्यालयले नगद २५ हजार राशी प्राप्त गर्नेछ भने उप विजेता र तृतीय हुने विद्यालयलाई समेत क्रमशः १५ हजार र १० हजार नगद राशीले सम्मान गरिने संयोजक पियाले बताए । यसैगरी विधागत तर्फ छात्रा/छात्र भलिबल प्रतियोगितामा विजेता दुबै समूहलाई नगद १५ हजार, द्वितीय हुने समूहलाई ७ हजार ५ सय कबड्डी तर्फ पनि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार ७ हजार ५ सय र ३ हजार ५ सय नगद राशी प्रदान गरिने बताइएको छ ।
बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा शनिबारदेखि सुरु भएको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता साेमबार समापन गर्ने तयारी छ








