काठमाडौं,२७ पुस ।
राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुभएको बेला नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको थियो ।

हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानकाे स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । यस वर्ष पनि राजधानी काठमाडौ,बुटवललगायत देशभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।