काठमाडौँ,२६ पुस ।
हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशकाे माैसम आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा हुस्सु्/कुहिरो रहनुका साथै बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहने विभागले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।