बुटवल,२५ पुस ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति रूपन्देहीकाे आयोजनामा बुटवलमा माघे संक्रान्ति पर्वको शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमकाे शुक्रबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले मगर समुदाय कला संस्कृतिमा धनी भएको भन्दै आफ्नो भाषा,कला संस्कृतिको संरक्षणसँगै शिक्षा र उद्यमशीलतामा पनि अगाडि बढ्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर बिरकट्टा मगरले नेपालमा धेरै जनसंख्या रहेको मगर समुदायले आफ्नो भाषा नबाेल्ने गरेको भन्दै आफ्नो भाषासँगै औपचारिक शिक्षा हाशील मगर किशोर किशोरीहरूलाई आग्रह गरे ।

साे अवसरमा इन्डियन रियालिटी साे डिआईडि विजेता तेरिया फाैजा मगरले कार्यक्रमबाट मगर समुदायको संस्कार संस्कृति बारे जानकारी प्राप्त भएको भन्दै आयोजकले आफुप्रति गरेको सम्मानले थप उत्साहित बनाएको बताइन् ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति रूपन्देहीका अध्यक्ष थर्कहादुर बारघरे मगरकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा राजनीतिज्ञ झमबहादुर गुरूङ,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राना,राधिका श्रीस मगरलगायतले माघे संक्रान्ती पर्वसँग मगर समुदायको सम्बन्ध बारे आ आफ्नो भनाइ राखेका थिए ।

साे अवसरमा इन्डियन रियालिटी साे डिआईडि विजेता तेरिया फाैजा मगरलगायतका कलाकारहरूकाे सांगीतिक प्रस्तुति रहेको थियो ।