काठमाडौँ,२५ पुस ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६, तिवारीस्थित सडकमा बसले ठक्कर दिँदा एक स्कुटर चालक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक कागेश्वरी मनोहरा-४ की २३ वर्षीया आयुषा सिखंडा रहेकी छिन् ।
शुक्रबार दिउँसो बा ५ ख २५६२ नम्बरको बसले प्रदेश ३-०२०१३ प ९५४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते आयुषालाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।








