बुटवल,२२ पुस ।
लुम्विनी फलफूल तरकारी थोक व्यवसायी संघको १९ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
साेमबार बेलुका सम्पन्न अधिवेशनले नुरुदिन शाहकाे अध्यक्षतामा सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा मोहम्मद याकूब,उपाध्यक्षमा सुरेन्द्र कुमार कान्दू,महासचिवमा मेघनाथ पौडेल,सचिवमा मनिस बर्नवाल,
कोषाध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा मोहम्मद मुनौवर राईन्,कृष्ण मणि खनाल,खिमराज पोखरेल,राजन बर्नवाल र विपिन अग्रहरी चयन भएको संघका बरिस्ठ उपाध्यक्ष माेहमद याकुवले जानकारी दिए ।
बार्षिक साधारणसभा तथा अधिवेशनकाे साेमबार दिउँसो बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।








