“लुम्बिनी फलफूल, तरकारी थाेक व्यवसायी संघकाे १९ औ वार्षिक साधारणसभा तथा साताै अधिवेशन”
बुटवल,२१ पुस ।
मुलुकमा संघीयता आए पनि संघीय संघीयताकाे मर्म अनुसार संघ सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन नगर्दा सानोतिनो समस्या समाधान गर्न पनि संघकै मुख्य ताक्नुपर्ने अवस्था रहेको सराेकारवालाहरूले गुनासो गरेका छन् ।

साेमबार बुटवलमा आयोजित लुम्बिनी फलफूल, तरकारी थाेक व्यवसायी संघकाे १९ औ वार्षिक साधारणसभा तथा साताै अधिवेशन उद्घाटन कार्यक्रममा बाेल्दै स्थानीय सरकार प्रमुख तथा ब्यवसायीहरूले उक्त गुनासो गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले मुलुकमा संघीयता आएको लामो समय हुँदा समेत संघीय सरकारले संघीयताकाे मर्म र भावना अनुसार अधिकार प्रत्यायोजन नगर्दा सानोतिनो समस्या समाधान गर्न पनि संघकै मुख ताक्नुपर्ने अवस्था रहेको गुनासो गरे ।

जबसम्म स्थानीय तह बलियो हुँदैन तबसम्म यस्ता समस्या आइरहने भन्दै नगर प्रमुख पाण्डेयले संघीय सरकारले स्थानीय सरकारलाई अधिकार दिनै नखाेज्ने र संघीय निजामती कर्मचारी पनि केन्द्रिकृत मानसिकता हावी हुँदा थप समस्या उत्पन्न भएको बताए । कानुनमा टेकेर ब्यवसायीका समस्या समाधान गर्न स्थानीय सरकार तयार रहेको भन्दै उनलेे कानुनी उल्झन हटाएर ब्यवसायीमैत्री वातावरण बनाउने बिषयमा संघ सरकार उदासीन देखिएको उल्लेख गरे ।
नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघका अध्यक्ष भरत खतिवडाले तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसक्दा समस्या उत्पन्न हुनेगरेकाे भन्दै सहअस्तित्वकाे संघीयताकाे मर्म अनुसारका अधिकार प्रत्यायोजन गर्ने कार्यमा आनाकानी गर्न नहुने बताए ।

संघका अध्यक्ष बाबुराम भुसालको सभापतत्व र नगर प्रमुख पाण्डेयकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्याल, नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका उपसभापति ज्याेति भण्डारी,नेकपा एमाले बुटवलका अध्यक्ष शाेभाकर पाण्डे,नेपाली कम्युनिस्ट पार्टीका नगर संयोजक महेन्द्र भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी बुटवलका अध्यक्ष राजन पाण्डेय,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रूपन्देही ब्यापार संघका अध्यक्ष प्रकाश ढकाल, उपभोक्ता हित संरक्षण मञ्च बुटवल अध्यक्ष समुन्द्र जिसी, संघका संस्थापक अध्यक्ष घनश्याम भुसाल,पुर्व अध्यक्ष कलाधर पन्थी,राष्ट्रिय फलफूल तथा तरकारी ब्यवसायी संघ पाेखराका अध्यक्ष दुर्गा कंडेल,संघका ब्यवसायीक सल्लाहकार कृष्णप्रसाद पाेखरेल,कृषि विज्ञ कलशराज चाैधरी,उपाध्यक्ष अमृत भट्टराई, महासचिव मेघनाथ पाैडेल,शाह कृषि फर्म बुटवलका सञ्चालक नुरूद्दिन शाहलगायतले ब्यवसायीमैत्री वातावरण बनाउने कार्यमा तीनै तहका सरकारबीच समन्वय,सहकार्य र सहअस्तित्वकाे भावनाअनुरूप अगाडि बढ्नुपर्नेमा जाेड दिएका थिए ।

अधिवेशनले संघको नयाँ नेतृत्व समेत चयन गर्ने संघका बरिस्ठ उपाध्यक्ष माेहमद याकुवले जानकारी दिए ।

साे अवसरमा १२ जना विद्यार्थीलाई न्यानो कपडा समेत बितरण गरिएको थियो ।