काठमाडौं,२० पुस
मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा सुमाेजिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीका अनुसार आइतबार भीमफेदी गाउँपालिका-६ जुरिखेतमा सुमाेजिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको र मृतकको हालसम्म पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

आइतबार साँझ सवा ५ बजेतिर जुरिखेतमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना.१ज १७७८ नं.को सुमाेजिप दुर्घटनामा परेको थियो ।

जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो ।

सुमोजिपमा सवार ९ जनालाई उद्धार गरी हेटौंडा अस्पताल लगिएकोमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।