गुल्मी,१८ पुस ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा सत्यवती गाउँपालिका–६ खैरेनी निवासी ट्याक्टर चालक अन्दाजी २४/२५ वर्षीय सुरज सार्कीकाे मृत्युु भएको हो ।

चालक घटनास्थलमै बालुवाले पुरिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्लाकाे मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर बिहीबार राति करिब ९ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खेतमा पल्टिएको थियो ।

ट्याक्टर मर्मतका लागि निकाल्ने क्रममा बालुवामा पुरिएको अवस्थामा चालकको खुट्टाको भाग देखिएपछि घटनास्थल सुरक्षित गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति गम्भीर रहेकाले इलाका प्रहरी कार्यालय रिडी गुल्मीबाट थप प्रहरीको टोली खटिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।