बुटवल,१७ पुस ।
बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ उपचार शिविरमा बिहीबार २१३ जना जेष्ठ नागरिकहरू लाभान्वित भएका छन् ।
बिहीबार बुटवल उपमहानगरपालिका वडा नं १२ मा ८९ जना र १३ मा १२४ जना गरि २१३ जना जेष्ठ नागरिकहरू लाभान्वित भएकाे बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका वडा नं १२ काे मिलनपार्क र वडा नं १३ काे बेलबासमा सञ्चालित छुट्टाछुट्टै शिविरको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवाका लागि अस्पताल धाउन नपरोस् भन्ने उदेश्यले उपमहानगरपालिकाले बा आमासँग नगर प्रमुख स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको बताउदै शिविरबाट लाभ लिन जेष्ठ नागरिकहरूलाई आग्रह गरेका थिए ।
यही पुस ७ गते बुटवल उपमहानगरपालिका वडा नं १ बाट सुरु भएको स्वास्थ्य शिविर नगरका १९ वटै वडामा सञ्चालन हुने जनस्वास्थ्य शाखा प्रमुख प्रमुख पाण्डेयले बताए ।








