काठमाडौँ,१७ पुस ।
गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा. निकोलस भुसालसँग भेट गरेका छन् ।

आफ्ना विभिन्न माग राखेर काठमाडौँको माइतीघरमा अनसन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि बुधबार वीर अस्पताल लागिएको थियो ।

गृहमन्त्री अर्यालले गएराती वीर अस्पताल पुगेर भुसाललाई भेट गर्दै उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता जनाएका थिए । उनले भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् ।

जेनजी आन्दोलनका माग सम्बाेधन गर्नुपर्ने माग राखेर अनसन बसेका डा भुसालको स्वास्थ्य अवस्थामा नाजुक हुँदा समेत सरकारले बेवास्ता गरेको भन्दै चाैतर्फी आलोचना भएपछि गृहमन्त्री अर्याल उनलाई भेट्न पुगेका हुन् ।

भुसालको अनसनको आज १० दिन भएको छ ।