काठमाडौँ,१६ पुस ।
विघटित प्रतिनिधि सभा सदस्य एवं तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरेले नेकपा एमाले पार्टी छोडेका छन् ।

घिमिरेले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजैदेखि एमालेको जिम्मेवारीदेखि अलग भएको घोषणा गरेका छन् ।

पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै घिमिरेले नयाँ पार्टीमा जाने संकेत गरेका छन् ।

उनले भनेका छन्- अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो ।

पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संगल्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।’

उनले सुशासन,विकास,रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाकासाथ लागिरहने बताएका छन् ।

काठमाडौंका मेयर बालेन्द्र शनह (बालेन) सँग निकट रहेकाे मानिएका घिमिरे राजीनामासँगै आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै नयाँ पार्टीबाट रुपन्देही क्षेत्र नं २ मा चुनावी मैदानमा उत्रिनसक्ने चर्चा छ ।