काठमाडौँ,१४ पुस ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।
देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ महाशाखाको प्रक्षेपण छ । महाशाखाका अनुसार आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
देशका तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने महाशाखाले जनाएको छ ।








