बुटवल,१३ पुस ।
लुम्बिनी फलफूल,तरकारी थाेक बजार संघले १९ औं बार्षिक साधारणसभा तथा साताैं अधिवेशनकाे अवसरमा आइतबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमकाे बुटवल उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष लाेकनाथ न्याैपानेले शुभारम्भ गरेका हुन् ।
संघका अध्यक्ष बाबुराम भुसालको सभापतित्व र बुटवल उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष लाेकनाथ न्याैपानेकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक अमृत भट्टराई,महासचिव मेघराज पाैडेललगायतले रक्तदानकाे आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए ।
साे अवसरमा ४३ जनाले रक्तदान गरेको संघका बरिस्ठ उपाध्यक्ष माेहमद याकुबले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष न्याैपाने, संघका संस्थापक अध्यक्ष घनश्याम भुसाल,अध्यक्ष बाबुराम भुसाल,निवर्तमान अध्यक्ष केशव कुँवर,पुर्व अध्यक्ष हाजी वजीर शाहलगायतले रक्तदाताहरूलाई प्रसंसा पत्र बितरण गरेका थिए ।
बार्षिकाेत्सवकाे अवसरमा संघले शुक्रबार बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल बितरण गरेको थियो भने मंगलबार बुटवल स्थित तिलाेत्तमा माविमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ब्यागसहित स्टेसनरी सामाग्री बितरण गर्ने कार्यक्रम तय भएको बरिस्ठ उपाध्यक्ष याकुबले बताए ।
१९ औं बार्षिकाेत्सवकाे अवसरमा शुक्रबार बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल बितरण गरिएको कार्यक्रम संयोजक माेहमद याकुबले जानकारी दिए ।








