बुटवल,१२ पुस ।
लुम्बिनी प्रदेश सरकार कृषि, भूमि ब्यवस्था तथा सहकारी
मन्त्री दीनेश पन्थी छाडा पशु चाैपाया ब्यवस्थापन सम्बन्धि कानुन निर्माण गर्ने कार्य प्रारम्भ भइरहेको बताएका छन् । अहिले बनेका गाैशाला अस्थायी प्रकृतिका रहेको भन्दै उनलेे कानुन बनेपछि कानुन अनुसार निर्देशीत हुने उल्लेख गरे ।

शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशमा छाडा पशु चाैपायाकाे समस्या,चुनाैति र दिगो ब्यवस्थापन सम्बन्धि नीति संवाद कार्यक्रममा बाेल्दै मन्त्री पन्थीले तीन तहका सरकारबीच छाडा पशु व्यवस्थापन कसको प्राथमिकता र जिम्मेवारी हो भन्ने विषयमा अझै अस्पष्टता रहेको भन्दै मन्त्री पन्थीले कानुन बनेपछि साेही कानुन अनुसार ब्यवस्थापन हुने बताए । निजी वा धार्मिक संस्थाद्वारा सञ्चालित गौशालामा सरकारी लगानीका लागि कानूनी आधार अस्पष्टता रहेको भन्दै उनलेे नागरिक स्तरमा दायित्वबोध नबढ्दा रातारात पशु छाड्ने प्रवृत्ति बढेको उल्लेख गरे ।

लुम्बिनी प्रदेश सरकार कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयकाे आयोजना र संवाद समूह लुम्बिनीको सहजिकरणमा सम्पन्न कार्यक्रममा मन्त्रालयका निमित्त सचिव अनिल मरासिनी,कृषि विकास निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डे,संवाद समुह लुम्बिनीका सहजकर्ता सुशील बस्नेत, पश्चिम नेपाल बस ब्यवसायी कम्पनीका सञ्चालक नारायण प्रसाद घिमिरे, सियारी गाउपालिकाका पशु सेवा अधिकृत लक्ष्मण बस्नेत, बाडगंगा नगरपालिका कपिलवस्तुका अधिकृत राजु कुमार तिवारी,भक्त डुम्रे सुवास आचार्यलगायतले पछिल्लो समय छाडा चाैपाया ब्यवस्थापन चुनाैतिपुर्ण बन्दै गएको भन्दै सराेकारवाला निकायहरू बीच समन्वय र सहकार्य जरुरी रहेकोमा जाेड दिए ।