बुटवल,१२ पुस ।
लुम्बिनी फलफूल,तरकारी थाेक बजार संघले १९ औं बार्षिक साधारणसभा तथा साताैं अधिवेशनकाे अवसरमा अस्पतालका बिरामीहरूलाई फलफूल बितरण गरेको छ ।
१९ औं बार्षिकाेत्सवकाे अवसरमा शुक्रबार बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल बितरण गरिएको कार्यक्रम संयोजक माेहमद याकुबले जानकारी दिए ।
साे अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत २२५ जना बिरामीलाई फलफूल बितरण गरिएको संयोजक याकुबले बताए ।
लुम्बिनी फलफूल,तरकारी थाेक बजार संघका अध्यक्ष बाबुराम भुसालको सभापतित्व र लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट इन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष गाेपाल भुसाल,निवर्तमान अध्यक्ष केशव कुँवरलगायत संघका पदाधिकारी तथा सदस्यहरूकाे सहभागीता रहेको थियो ।
बार्षिकाेत्सवकै अवसरमा आइतबार लुम्बिनी फलफूल,तरकारी थाेक बजार केन्द्र परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।








