बुटवल,९ पुस ।
बुटवल उपमहानगरपालिका नगरसभाकाे १८ औं अधिवेशन बुधबार सम्पन्न भएको छ ।

बुधबार बसेकाे नगर सभाको १८ औं अधिवेशनकाे दाेस्राे बैठकले चालु आर्थिक बर्ष २०८२/०८३ काे बजेट तथा कार्यक्रमकाे समिक्षा एवम् संशोधन प्रस्तावसहित सात प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
त्यस्तै नगर सभाले विभिन्न मितिमा नगर कार्यपालिका बैठकबाट नगरसभामा पेस गर्ने गरि भएका निर्णय अनुमाेदन गरेको छ भने प्राकृतिक स्रोत ब्यवस्थापन सम्बन्धि ऐन २०८२ संशोधन प्रस्ताव,जलस्रोत उपयोग ऐन २०८० दाेस्राे संशोधन २०८२ सम्बन्धि प्रस्तावलगायतका प्रस्ताव सर्वसम्मत पारित भएको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

नगर सभाको बैठक समापन गर्दै नगर प्रमुख पाण्डेयले सर्वसम्मतिले पारित भएका निर्णयहरु कार्यान्वयन गर्ने कार्यमा तदारुकता देखाउन सम्बन्धित महाशाखा तथा शाखाका प्रमुखहरूलाई निर्देशन दिए ।

बर्तमान अप्ठ्यारो अबस्थामा बिकास निर्माणका कामहरुलाई
कसरी निरन्तरता दिने,जनताले चाहेकाे जस्तो सु शासन कसरी
कायम गर्ने र वडा तथा पालिकामा काम गराउन आउदा सास्ती
खेप्न नपर्ने गरि कसरी विधि निर्माण गर्ने जस्ता बिषयहरुमा ध्यान दिन पनि उनलेे कर्मचारीहरूलाई निर्देशन दिए ।