काठमाडौँ,९ पुस ।
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेकोले हाल तराईका धेरै स्थानहरूमा हुस्सु्-कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका तराई भू-भागमा हुस्सु-कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएको छ ।

आज दिउँसो कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।