बुटवल,९ पुस ।
चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एकजनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ मझगावाँका ५८ वर्षीय बङ्गुर (लम्बु) हरिजन रहेका छन् । उनको चिसो लागेर सोही वडास्थित दुईमोहान पुल नजिक मृत्यु भएको इलाका प्रहरी कार्यालय मझगावाँले जनाएको छ ।

मृतक हरिजन लुम्बिनीस्थित महिलवारबाट औषधि उपचार गराई घर फर्किने क्रममा अत्यधिक चिसो लागेपछि बाटोमै ढलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मझगावाँ, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक तपेन्द्र विष्टले जानकारी दिए ।

उनी मंगलबार बेलुका करिब ४ः३० बजे पुल नजिकै लडेको अवस्थामा भेटिएका थिए । बजारबाट घर फर्किने क्रममा उक्त घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।