काठमाडौँ,८ पुस ।
जेन–जी विद्रोहका माग पूरा नभएको भन्दै डा. निकोस भुसाल आमरण अनसनमा बसेका छन् ।
उनी मंगलबार साँझदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन बसेका हुन् ।
मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेन–जी विद्रोहमाथि भएको दमनमा संलग्नहरुलाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै अनसन सुरु गरेकाे भुसाल निकट स्रोतले जनाएका छन् ।








