काठमाडौँ,८ पुस ।
प्रतिनिधि सभा विघटनविरुद्ध १४३ सांसदको हस्ताक्षरसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र स्वतन्त्र गरि १४३ जना सांसदकाे हस्ताक्षरसहितको संसद विघटनविरूद्वकाे रिट मंगलबार दर्ता गर्दै सर्वोच्चले पेसी समेत तोकेको हो ।

पूर्वमहान्यायधिवक्ता तथ वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले सर्वोच्चले रिट दर्ता गरेकाे र पेसी समेत तोकेको जानकारी दिए ।

‘एउटै विषयमा परेका रिटहरुा एकै ठाउँमा राखेर बहस गर्ने कानुनी ब्यवस्था छ’, उनले भने, ‘त्यसैअनुसार भोलिका लागि पेसी तोकिएको हो ।’

रिटमा नेपाली कांग्रेसका ६५ जना, एमालेका ७५ र जसपाका २ र एक स्वतन्त्र गरि १४३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

यसअघि कांग्रेस र एमालेले दिएको छुट्टाछुट्टै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश नदिई कारण देखाउ आदेश जारी गरेको थियो ।