काठमाडौँ,८ पुस ।
जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

लेखकलाई ७ दिन भित्र उपस्थित हुन आयोगले आज मंगलबार पत्र पठाइएको हो ।

आयोगकाे पत्र प्राप्त भएपछि मात्रै बयानमा जाने नजाने निर्णय गर्ने लेखकको प्रतिक्रिया छ । तत्कालीन गृहमन्त्री लेखकपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र पठाउने आयोगको तयारी छ ।

गत भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । तर त्यसदिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि साँझ उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

यसअघि जाँच बुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्यसचिव, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायतसँग बयान लिइसकेको छ ।