पाल्पा,८ पुस ।
२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाकाे तानसेनबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ निसिखाेला गाउँपालिका घर भई हाल पाल्पाको तानसेन नगरपालिका-७ बस्ने ३४ वर्षीय जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालु रहेका छन् । शेर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








