बुटवल,६ पुस ।
देशकै उत्कृष्ट सामुदायिक विद्यालयकाे रूपमा परिचित कालिका मानवज्ञान माविले ६५ औ बार्षिक उत्सवको अवसरमा ११ लाख रुपैयाँ बराबराको छात्रावृत्ती प्रदान गरेको छ ।

विद्यालयमा स्थापना भएका ६५ वटा अक्षयकोष र आन्तरिक स्रोत बाट विद्यार्थीलाई ११ लाख रुपैयाँ भन्दा बढिकाे छात्रवृत्ती प्रदान गरेको हो ।

आईतबार एक कार्यक्रमकाबीच बिभिन्न ६५ शिर्षकका अक्षयकोषबाट १ सय १९ जना विद्यार्थी र नेपाल सरकारका विभिन्न निःशुल्क छात्रवृत्तीमा नाम निकाल्न सफल ८४ जना विद्यार्थीलाई जनही २ हजारका दरले विद्यालय स्रोतबाट सम्मान तथा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

शिक्षा विकास तथा संमन्वय एकाई रुपन्देहीका प्रमुख विष्णु पन्थी, विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार तथा पुर्व प्रधानाध्यापक बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, विद्यालयका पुर्व व्यवस्थापन समिति अध्यक्ष तथा सल्लाहकार होम गलामी,विद्यालयका प्रधानाध्यापक दिनेश थापा सहित अक्षयकोष दाता, अन्य अतिथिहरुले सम्मान गरेका हुन ।

छात्रवृत्ती वितरण समितिका संयोजक शिक्षक शेरचन्द्र गिरीका अनुसार ९ लाख रुपैयाँ बराबरको छावृत्ती आईतबार वितरण गरिएको छ ।

उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी सहित गरिब तथा जेहेन्दार विद्यार्थी, उत्कृष्ठ शिक्षक, पत्रकार सहितलाई सम्मान गरिएको संयोजक गिरीले जानकारी दिए । पत्रकार तर्फ बुटवल अनलाईनका ईन्द्र खत्रीलाई नगद सहित पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

यसका साथै रामबहादुर मिन कुमारी २० लाख रुपैयाँको अक्षयकोषबाट कक्षा १० को परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने १ जना विद्यार्थी र कक्षा १२ को नतिजामा सर्बोच्च अंक ल्याउने एक जना विद्यार्थीलाई ५०/५० हजार नगद सहित सम्मान कार्यक्रम सोमबार गरिने संयोजक गिरीले जानकारी दिए ।

यस्तै साेमबार करिव १ लाख ४० हजार रुपैयाँ बराबरको छात्रवृत्ती प्रदान गरिने विद्यालयले जनाएको छ ।

यसैविच आइतबार अरुण पौडेल स्मृति अक्षयकोष अन्र्तगत आयोजना गरिएको ५ हजार मिटर विद्यालय स्तरीय खुल्ला दौड प्रतियोगीताको उपाधी पब्लिक मावि छपियाका विद्यार्थी उमेश बरैले जितेका छन् । उनले कुल १६ मिनेट ११ सेकेण्ड ६२ मिनि सेकेन्डमा उक्त दुरु पार गरी उपाधी जितेका हुन । यस्तै कालिका मानवज्ञान माविका मिलन थापाले १८ मिनेट ५ सेकेन्ड ४९ मिनि सेकेण्डमा परा गर्दै द्धितिय भए ।

जितेश्वरी माविका मोहन गुरुङ्गले १९ मिनेट २८ सेकेण्ड ७७ मिनी सेकेण्डमा दुरी पार गर्दै तृतिय स्थापन प्राप्त गरेको विद्यालयका खेलकुद संयोजक ओम बहादुर सारुले जानकारी दिए ।

खेलकुद समितिका सदस्य शिक्षक हिरामान प्रधानका अनुसार तिलोत्तमाको नयाँ मिल देखि विद्यालयको प्रांगढसम्म मिनि म्याराथुनको रुपमा उक्त प्रतियोगीता आयोजना गरिएको थियो । जसमा सयौंको संख्यामा विद्यार्थी सहभागी भएका थिए ।