बुटवल,६ पुस ।
संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेको छ ।

आइतवार बिहान नेपाललाई उनी बस्ने घरमै क्रान्तिकारीका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यबहार गरेका हुन् ।

रजिष्ट्रार सिफारिस गर्दा पैसा लिएको, उपकुलपति नियुक्त हुनुभन्दा सात दिनअगाडिसम्म नेपालले संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा ताला लगाई विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको भन्दै उनलाई कालोमोसो दलेको अखिल क्रान्तिकारीले जानकारी दिएको छ ।

विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै पनि त्यसतर्फ कुनै चिन्ता-चासो नलिई ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषद्को बैठक बोलाई विधिविपरीत भुक्तानी गर्ने निर्णय गरेको क्रान्तिकारीकाे आरोप छ ।