काठमाडौँ,६ पुस ।
हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहनुकासाथै देशको पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही तराई भू-भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागका अनुसार देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने सम्भावना छ ।
त्यस्तै आज दिउँसो र राति देशभरकाे माैसम आंशिक बदली रहने विभागले जनाएको छ ।








