बुटवल,५ पुस ।
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ को उपाधी भलिबल छात्र तर्फ न्यु होराईजन माविले हातपारेकाे छ । प्रतियोगितामा मणिमुकुन्द मावि दाेस्राे र नविन मावि तेस्रो भएको छ ।

छात्रा भलिवल तर्फको उपाधी एभरेष्ट मावि ले जितेको छ भने न्यु होराईजन मावि उप विजेता बन्यो । प्रतियोगितामा कुवरवर्ती मावि तेस्रो भयो ।

यस्तै जिल्ला स्तरिय कबड्डी प्रतियोगीतामा छात्र तर्फ आयोजक कालिका मानवज्ञान मावि प्रथम भएको छ, भने नविन औद्योगीक मावि द्धितिय तथा मणिमुकुन्द मावि र न्यु होराईजन गौतम बुद्ध मावि तृतीय भएका छन् ।

यस्तै छात्रातर्फको कबड्डी प्रतियोगीता तर्फ न्यु होराईजन मावि प्रथम, कालिका मानवज्ञान मावि द्धितिय र कान्ती मावि र नविन औद्योगीक माविले तृतिय स्थान प्राप्त गरेका छन् ।

भलिवल प्रतियोगीता तर्फ बेष्ट कोच न्यु होराईजनका प्रदिप चौधरी र एभरेष्ट स्कुलका अर्जुन घिमिरे घाेषित भए । बेष्ट प्लेरमा न्यु होराईजनका अनिश थापा, एभरेष्ट बोर्डीङ्ग स्कुलकि मिना सुनार घाेषित भइन् । मणिमुकुन्द माविका मिलन थापा र एभरेष्ट माविका ललिता बोहोरा बेस्ट ब्लकर घाेषित भए ।

भलिवल तर्फ बेष्ट स्पाईकरमा मणिमुकुन्दका प्रकाश सुनार र कुवरर्ती स्कुलकी मनोरमा दंगोरिया घाेषित भइन् । बेष्ट डिफेन्समा न्यु होराईजनका आयुश थापा र एभरेष्ट स्कुलकी रुपा लम्साल घाेषित भइन् । न्यु होराईजनका ईस्मान पुलामी र अल्नीका झेडी बेस्ट सर्भिसर घाेषित भए । बेष्ट सटरमा न्यु होराईजनका जगदिश ओझा घाेषित भए भने राईजिङ्ग प्लेयर्सको रुपमा मणिमुकुन्दका प्रदिप विक र एभरेष्टकी जानकी केसी घाेषित भईन् ।

कबड्डी तर्फ बेष्ट राईडरमा कालिका मानवज्ञान माविका अलोक हरिजन र न्यु होराईजन माविकि क्रिष्टीना श्रेष्ठ भइन् । बेष्ट डिभेन्सरको रुपमा आरव अन्सारी, सन्ध्या पौडेल भएका छन् । बेष्ट कोचको उपाधी भने राहुल अर्याल कालिका मानवज्ञान मावि र महेन्द्र सुनार न्यु होराईजन मावि भएका छन् ।

भलिबल र कबड्डी प्रतियेगीतामा बिजेता टिम प्रथमले नगद ३० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गरेका छन् भने उप विजेता टिमले २० हजार नगद सहित नगद पुरस्कार, ट्रफी र मेडल र तृतिय टिमले नगद १० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिएको थियो ।

विजेता टिमलाई विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, शैक्षिक सल्लाहकार तथा विद्यालयका पुर्व प्रधानाध्यापक घनश्याम पाठक, विद्यालयका प्रधानाध्यापक दिनेश थापा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

यसैविच कालिका मानवज्ञान माविको बुटवल स्थित कालिका मानवज्ञान माविको ६५ औँ वार्षिकोत्सवको अवसरमा समुदाय सरसफाई कार्यक्रम गरिएको छ । सेक्टर २ रामनगर क्षेत्र र कालिकानर क्षेत्रमा वृहत सामुदायिक सरसफाई गरिएको हो ।

विद्यालयको बार्षिक उत्सव अन्र्तगत पुस ६ गते आईतबार सेक्टर २ रामनगरमा पुरस्कार वितरण, सम्मान कार्यक्रम रहेको छ भने ७ गते मुल समारोह कालिका नगर सेक्टर १ मा हुनेछ ।