बुटवल,५ पुस ।
बुटवल स्थित कालिका मानवज्ञान माविको ६५ औँ वार्षिकोत्सवको अवसरमा समुदाय सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आज शनिबार विद्यालयका शिक्षक,विद्यार्थीहरु र समुदायका समाजसेवि, टोल समितिका पदाधिकारी एवम् सदस्यहरूकाे सहभागितामा समुदाय सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयको सेक्टर २ मा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड नं १० का जनप्रतिनिधि एवम् विद्यालय व्यवस्थापन समिति सदस्य यमुना काउचा,शान्ता गौतम, समाजसेवि टंक कुमार खडका, दिलिप सुनार, विद्यालयका सहायक प्रधानाध्यापक विष्णुहरि ज्ञवालीलगायत शिक्षक एवम् विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सरसफाई कार्यक्रम अन्तर्गत विद्यालयसँग प्रत्यक्ष रुपमा जोडीएको रामनगर परिसर र विद्यालय परिसर सरसफाई गरिएको विद्यालयका इन्चार्ज कृष्ण गौतमले जानकारी दिए ।








