बुटवल,४ पुस ।
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको मन्दिरा गलामी सिंगिङ्ग आईडल २०८२ को उपाधी सम्पदा गौतमले जितेकी छिन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विचमा भएको प्रतिस्पर्धामा विवेक खराल द्धितिय भएका छन् भने श्रीसा पहराई मगर तृतिय भएकी छिन् ।

यस्तै शेरबहादुर गुरुङ्ग जिल्ला स्तरिय कविता प्रतियोगीतामा न्यु होराईजनका विशेषजङ्ग कार्कीले प्रथम स्थान प्रप्त गरेका छन् । एभरेष्ट माविका संगम रायमाझी द्धितिय भए भने कालिका मानवज्ञान माविका विवेक खराल तृतीय भएका छन् । इड्न स्कुलकी निशा अर्यालले सान्वना स्थान प्राप्त गरेकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षताम भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा बुटवल कालिका क्याम्पस सञ्चालक समितिका अध्यक्ष होम बहादुर गलामीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पुर्व प्रधानाध्यावपक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक,नारायण गुरुङ्ग अक्षयकोषका संरक्षक गिरी प्रसाद गलामी लगायतको आतिथ्यता रहेको थियो ।

कविता प्रतियोगीताको मुख्य निर्यायकमा उप प्रध्यापक ऋषिराम भुषाल, डा. घनश्याम न्यौपाने रहेका थिए भने सिंगीङ्ग आईड्लका निर्णयकमा तेजु अर्याल, दिपक श्रेष्ठ रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले जानकारी दिए ।