बुटवल,४ पुस ।
रूपन्देहीको कञ्चन गाउँपालिकामा १८ वर्षीय किशोरको हत्या भएको ।
हत्या हुनेमा कञ्चन गाउँपालिका वडा नं ४ बस्ने १८ बर्षीय स्मिथ शर्मा रहेका छन् ।
कञ्चन गाउँपालिका–४ धौलागिरीचोक निवासी स्मिथ शर्मा तीन दिनदेखि बेपत्ता थिए । खोजीका क्रममा बिहीबार साँझ करिब ७ बजे आफ्नै घर नजिकको नालीमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । शव अत्यन्तै विभत्स अवस्थामा भेटिएको बताइएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट हत्या भएको पुष्टि गरेको छ । घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चन क्षेत्रका चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस घटनाले कञ्चन क्षेत्रमा भय र असुरक्षाको वातावरण सिर्जना गरेको छ ।








