काठमाडौं,४ पुस ।
राष्ट्रिय जनमुक्ति पार्टी, केन्द्रीय संगठन विभागको आयोजनामा पार्टीको साङ्गठनिक कार्ययोजना सम्बन्धी बैठक बिहीबारदेखि सुरु भएको छ । केन्द्रीय संगठन विभाग प्रमुख डब बहादुर गर्बुजा पुनको अध्यक्षतामा र पार्टी अध्यक्ष केशव सूर्यवंशीको प्रमुख आतिथ्यतामा बसेकाे बैठकले पार्टीको आगामी सांगठनिक कार्ययोजना तर्जुमा र त्यसको ठोस कार्यान्वयनका लागि संगठन विभागलाई दिशा निर्देश गर्ने साे पार्टीले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय,काठमाडौंमा शुरू भएको बैठकमा संगठन विभागका पदाधिकारी/सदस्यहरूको सहभागीता रहेकाे पार्टीका महासचिव टाेप अस्लामीले जानकारी दिए ।

बैठकमा केन्द्रीय उपाध्यक्ष डा.विधु प्रकाश कायस्थ, उपमहासचिव एवम प्रवक्ता चेत बहादुर आले, कोषाध्यक्ष डिके सूर्यवंशी, परराष्ट्र विभाग उपप्रमुख गोविन्द पुन र पार्टीका संघीय परिषद् सदस्य एवं पूर्व प्रवास विभाग प्रमुख हुम बहादुर थापाको पनि सहभागीता रहेकाे जनाइएको छ ।