बुटवल,४ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा ल्याइने भएको छ । जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर कागजात मिलाए मात्रै उनलाई रिहा गरीने अदालत स्रोतले जानकारी दिएको छ ।
बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उक्त आदेश दिएको हो ।
त्यस वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा आफ्नो भागको विगाे धराैटी बुझाएर थुनाबाहिर बसेर मुद्दा पुर्पक्ष गर्न पाउँ भनी लामिछानेले जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएकोमा जिल्ला अदालतले त्यसलाई अस्वीकार गरेकाे थियो । जिल्ला अदालतकाे निर्णय बिरूद्व लामिछाने उच्च अदालत तुलसीपुर,बुटवल इजलासमा पुगेका थिए ।
सहकारी ठगी तथा संगठित अपराध मुद्दाको पुर्पक्षका लागि लामिछाने हाल नख्खु कारागारमा रहेका छन् ।








