बुटवल,३ पुस ।
रास्वपा सभापति रवि लामिछानेलाई धराैटीमा छाड्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा आफ्नो भागको विगाे धराैटी बुझाएर छाड्न माग गर्दै लामिछानेले जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएकोमा जिल्ला अदालतले त्यसलाई अस्वीकार गरेपछि जिल्ला अदालतकाे निर्णय बिरूद्व उच्च अदालत तुलसीपुर,बुटवल इजलासमा पुगेका थिए ।
उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ भएको हो । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए ।
त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।








