बुटवल,१ पुस ।
बुटवलमा सम्पन्न नगर स्तरीय अन्तरविद्यालय छात्र/छात्रा कवड्डी प्रतियोगिताकाे उपाधि न्यू होराईजन मा वि.ले हातपारेकाे छ ।

प्रतियोगिता अन्तर्गत छात्र / छात्रा दुबै तर्फकाे उपाधि न्यू होराईजन मा वि.ले हातपारेकाे हो ।

आज भएको छात्र तर्फकाे फाइनल प्रतिस्पर्धामा दीप बाेर्डिङ स्कुललाई हराउँदै न्यू होराईजन मा वि.ले उपाधि हातपार्न सफल भयो ।

त्यस्तै छात्रा तर्फ कालिका मानवज्ञान मा वि.लाई हराउँदै न्यू होराईजन मा वि.ले उपाधि हातपारेकाे हो ।

प्रतियोगितामा उपाधि विजेता तथा उपविजेता विद्यालयलाई आजै एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका,बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पिया,बुटवल उपमहानगरपालिकाका कार्यापालिका सदस्यहरूले नगद पुरस्कार,कप,मेडल तथा प्रमाणपत्र वितरण गरे ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद २० हजार,द्वितीय हुनेले १० हजार र तृतीय हुने दुई टिमले ५/५ हजार पुरस्कार,कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक शेरजङ गुरूङले जानकारी दिए ।

मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगितामा छात्र तर्फ १७ विद्यालय र छात्रा तर्फ १४ विद्यालय सहभागी भएको नगर खेलकुद विकास समितिका अध्यक्ष पियाले बताए ।

प्रतियोगिताको गत मंसिर २८ गते बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।