काठमाडौँ,१ पुस ।
नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ । डिजल तथा मट्टीतेलको मुल्य भने निगमले घटाएको छ ।
निगमले सोमवार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।
परिवर्तित मुल्य अनुसार काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १६३ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १४२ कायम भएको निगमले जनाएको छ ।









