बुटवल,२९ मंसिर ।
बुटवलमा जारी अन्तरविद्यालय स्तरीय छात्र/छात्रा कवड्डी प्रतियोगिता अन्तर्गत आज भएको क्वाटरफाइनलमा मोतिपुर मा. बि. लाई हराउँदै न्यू होराईजन सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल उपमहानगरपालिका,बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता अन्तर्गत आजै भएको कालिका मा. बि. र नविन औद्याेगिक माविबीचकाे प्रतिस्पर्धामा कालिका मा. वि. बिजयी सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै आजै भएको अक्स्फोर्ड मा. वि र दीप बोर्डिङ स्कुलबीचको प्रतिस्पर्धामा अक्स्फोर्ड मा. वि. विजयी भएको नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियाले जानकारी दिए ।

आजै ईडन स्कुल र ईन्टेलेक्चुअल एकेडेमीबीचको प्रतिस्पर्धामा ईडन स्कुल विजयी भई सेमी फाईनलमा प्रवेश गरेको छ ।

छात्रा तर्फ न्यू होराईजन मा.वि. र मणिमुकुन्द मा.वि.बीचको प्रतिस्पर्धामा न्यू होराईजन विजयी भएको छ भने नविन औद्याेगिक मा.वि. र कान्ति मा. वि.बीचको प्रतिस्पर्धामा नविन औद्याेगिक मा.वि. विजयी भई सेमिफाइनलमा प्रवेश गरेको नगर खेलकुद विकास समितिका सदस्य तथा खेल संयोजक शेरजङ गुरूङले बताए ।

त्यस्तै अक्स्फोर्ड मा.वि. र दीप बोर्डिङ स्कुलबीचको प्रतिस्पर्धामा – दीप बोर्डिङ स्कुल विजयी भएको छ भने गार्गी मा.वि र कालिका मानवज्ञान मा वि.बीचको प्रतिस्पर्धामा गार्गी विजयी भई सेमी फाईनलमा प्रवेश गरेको छ ।

भाेली मंगलबार छात्रतर्फ सेमी फाईनलमा न्यू होराईजन मा.वि. र नविन औद्याेगिक मा.वि. तथा गार्गी मा.वि. र दीप बाेर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

छात्रातर्फकाे सेमी फाईनलमा न्यू होराईजन मा.वि. र अक्स्फोर्ड मा.वि. तथा ईडन बाेर्डिङ स्कुल र कालिका मानवज्ञान मा.वि.बीच प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।

सेमिफाइनलसँगै मंगलबार फाइनल प्रतिस्पर्धा हुने र मंगलबारै विजेतालाई पुरस्कार, मेडल तथा ट्रफी प्रदान गर्ने कार्यक्रम तय भएको समितिका अध्यक्ष पियाले बताए ।