तानसेन,२६ मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टीकाे पाल्पा जिल्लामामा पनि आज मंसिर २६ गतेकादेखि संगठन सुदृढीकरण तथा पार्टी सदस्यता विस्तार कार्यक्रम सुरु भएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष केशव सूर्यवंशीले जिल्ला अध्यक्ष नारायण बहादुर कँवरकाे पार्टी सदस्यता नविकरण फाराम भरेर जिल्लाको कार्यक्रमको शुरुवात गरेका हुन् ।
केन्द्रीय अध्यक्ष सुर्यवंशी र संगठन विभाग उपप्रमुख रानाले आज बेलुका जिल्ला कार्यालय, जिल्ला पदाधिकारीहरुसंग भेटघाट तथा छलफल गरेका छन् । त्यसक्रममा पार्टीको पछिल्लो गतिविधि साथै आगामी कार्यक्रमका बारेमा अध्यक्ष सूर्यवंशीले प्रकाश पारेका थिए ।
नेता कार्यकर्ताहरु भेटघाटका लागि जिल्ला दौडाहामा व्यस्त रहेका अध्यक्ष सूर्यवंशीकाे साथमा पार्टीका केन्द्रीय सदस्य एवं संगठन विभाग उपप्रमुख बालकिशोर राना पनि गृह जिल्ला पाल्पा आएका थिए ।








