पाल्पा,२६ मंसिर ।
पाल्पाको मित्यालमा जिप दुर्घटना हुँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको छ ।

पूर्बी पाल्पाकाे निस्दी गाउँपालिका वडा नं ४ मित्यालदेखि नवलपुरका लागि छुटेको लु १ ज ३९०८ नम्बर को फोर्स जिप झन्डै ६ सय मिटर तला खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइतेको उद्धार गरि उपचारका लागि रामपुर अस्पताल पठाइएको छ । घाइतेको स्थानीय र मित्याल प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार जारी राखेका छन ।

दुर्घटना भएको स्थल आग्लो भिर भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अहिलेसम्म मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।