काठमाडौँ,२५ मंसिरमा ।
सरकार र जेनजी समूहबीचको सम्झौताविरुद्ध सिंहदरबार गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतो पक्राउ परेका छन् ।
जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको हो । ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरूलाई पक्राउ गरी प्रहरीले अनामनगर पुर्याएर छोडेको छ ।








