राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलसहित देशभर प्रदर्शन गर्दै
बुटवल,२३ मंसिर ।
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस देशभर विविध कार्यक्रम गरी मनाइदै छ ।
यस वर्षको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको विषयवस्तु, ‘युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँ: भोलीको इमान्दार समाज निर्माण गरौँ’ भन्ने रहेको छ । यसले निष्पक्ष, पारदर्शी समाज निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पार्छ ।
राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । भ्रष्टाचार अन्त्यका लागि यो दिवस मनाइने गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन, बरु झन मौलाउदै जानु चिन्ताको विषय बनेको छ ।
भ्रष्टाचार विरूद्वकाे दिवसको अवसर राष्ट्रिय जनमुक्ति पार्टीले आज बुटवलसहित देशभर प्रदर्शन तथा खबरदारी सभा गर्दैछ ।
बुटवलको ट्राफिक चाेकमा हुने सभालाई पार्टीका केन्द्रीय अध्यक्ष केशव सुर्यवंशीलगायतका नेताहरूले सम्बाेधन गर्ने महासचिव टाेप अस्लामीले जानकारी दिए ।






