जनकपुर,२१ मंसिर ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

६ दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका छन् ।

समारोहमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमुख्यमन्त्री लालबाबु राउत, सरोज कुमार यादव, जितेन्द्र सोनलसहित सहभागी थिए ।

यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् । यादवले मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।