१ जनाको अवस्था गम्भीर
काठमाडौँ,२१ मंसिर ।
धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा
सातवटा सवारी साधन एकै ठाउँमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार साझ पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा ७ वटा सवारी साधन एकै ठाउँमा ठोकिँदा ७० जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक (इन्सपेक्टर) श्यामकुमार बस्नेतले जानकारी दिए ।
मृतकमध्ये एकजना दुर्घटनामा परेको मोटरसाइकल चालक धादिडङको थाक्रे गाउँपालिका ६ मादिवेसी बस्ने ५९ शेख अली एस रहेका छन् ।
‘अर्का करिब ३५ वर्षीय मृतक युवकको अझै पहिचान खुल्न सकेको छैन,’ इन्सपेक्टर बस्नेतले भने, ‘हामी थप अनुसन्धानकै क्रममा छौँ । मृतक युवक कुन गाडीमा सवार थिए भन्ने पनि खुल्न सकेको छैन ।’
दुवै शव टिचिङ अस्पतालमा राखिएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये सामान्य अवस्थाका ५१ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी १७ जना घाइतेको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमाका १७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका धेरै घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।
काठमाडौँबाट गजुरी जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको भारतीय गाडी (डिब्बा), ना.४ ख ७१५ नम्बरको ट्रक, लु.९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे-३ ए के ३२३१ नम्बरको बस, काठमाडौँ जाँदै गरेको ग.१ ख ८५५१ नम्बरको बस / बा.१ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेका हुन् ।
घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्रेक फेल भएको भारतीय नम्बर प्लेटको ट्रकले अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेहरू :
१) गोरखा पालुङटार न.पा–४ बस्ने वर्ष ५१ को बिनोद पोकुरेल ।
२) गोरखा पालुङटार न.पा–३ बस्ने वर्ष ३३ की मिना पनेरुक ।
३) गोरखा पालुङटार न.पा–१ बस्ने वर्ष ६९ की ईन्द्र कुमारी देवकोटा ।
४) काठामाण्डौ पुरानो गुजेश्वरी नगरपालिका–४ बस्ने वर्ष ६५ को सिता गजुरेल ।
५) लम्जुङ राईनिस न.पा–१ बस्ने वर्ष ४० को अजय घिमिरे ।
६) लम्जुङ राईनिस न.पा–१ बस्ने निजकै श्रीमती बर्ष ४० की सुर्य घिमिरे ।
७) लम्जुङ राईनिस न.पा–१ निजकै छोरा वर्ष १५ को कुशल घिमिरे ।
८)बा.प्र.०६–००१ ग ००११ नं को बस चालक चितवन कालिका न.पा–६ बस्ने वर्ष ४२ को उदय बहादुर थापा ।
९) चितवन कालिका न.पा–६ बस्ने बर्ष १६ को सुवित थिङ साईवावा ।
१०) चितवन कालिका न.पा–६ बस्ने वर्ष १५ की कबिता सिङ ।
११) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को यमवि श्रेष्ठ ।
१२) चितवन कालिका न.पा–६ बस्ने वर्ष १५ को रमित परियार ।
१३) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को समिर मगर टाउको ।
१४) चितवन कालिका न.पा–६ वर्ष १५ को ईस्माईल थिङ ।
१५) चितवन कालिका न.पा–६ बस्ने वर्ष ३२ की कमला लामिछाने ।
१६) चितवन कालिका न.पा–६ बस्ने वर्ष १३ को सचिन गुरुङ ।
१७) चितवन कालिका न.पा–६ वर्ष २३ को शिव लामिछाने ।
१८) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को आस्विन प्रजा ।
१९) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ कि राधिका चेपाङ ।
२०) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को मिलन तामाङ ।
२१) चितवन कालिका न.पा– ७ बस्ने वर्ष ७ की कशिस तामाङ ।
२२) चितवन कालिका न.पा–३ बस्ने वर्ष १८ को सन्तोस प्रजा ।
२३) चितवन कालिका न.पा–६ बस्ने वर्ष १५ को बिराज तामाङ ।
२४) चितवन कालिका न.पा–७ बस्ने बर्ष १२ को जयराम अर्याल ।
२५) चितवन कालिका न.पा–६ बस्ने वर्ष १७ को निशान गुरुङ ।
२६) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को समिर परियार ।
२७) चितवन कालिका न.पा–३ बस्ने वर्ष १६ को जसमिन श्रेष्ठ ।
२८) चितवन कालिका न.पा–२ बस्ने वर्ष २० कमल गुरा ।
२९) चितवन कालिका न.पा–७ बस्ने वर्ष १६ की रबिना सुनार ।
३०) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १८ की प्रतिमा मगर ।
३१) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १४ को आयुब बि.क ।
३२) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १५ की बिमला तामाङ ।
३३) लु.९५ प ३०७ नं. मो.सा. चालक धादिङ थाक्रे गा.पा–६ महादेववेशि बस्ने वर्ष ५९ को सेख खलि एस ।
३४) एनएल ०१ बिए ४६५४ नम्बरको डिब्बा गाडि चालक नाम थर नखुलेको अं. ३०/३५ वर्षीय (ट्रमा सेन्टरमा उपचाररत)
३५) ग १ ख ८५५१ नं. को बस चालक गोरखा पालुङटार न.पा–३ बस्ने वर्ष ४४ को राजु कार्की ।








