चितवन,२० मंसिर ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चुनावलाई “निष्ठुर व्यवस्थालाई पुनःवैधता दिने औजार” को रुपमा चित्रण गरेको छ ।

आगामी फागुन २१ गतेका लागि घाेषित प्रतिनिधिसभाको निर्वाचन सशक्त बहिष्कारको पक्षमा उभिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशमा सत्ता गठबन्धन र प्रतिपक्ष– दुबै असफल भई जनताको आधारभूत समस्याप्रति उदासीन बनेको, भ्रष्टाचार, दण्डहीनता, बेरोजगारी, सीमा समस्या र राष्ट्रिय सार्वभौमिकताप्रति गम्भीर चुनौतिहरू बढ्दो अवस्थामा रहेको पार्टीको निष्कर्ष निकालेको छ । यस्तो परिस्थितिमा चलिरहेको चुनावी प्रक्रिया “जनताका समस्याबाट ध्यान हटाउने सत्ता– दलहरूको खेल मात्र” भएको पार्टीको साे पार्टीको दाबी छ ।

२०८२ मंसीर १६–१७ गतेसम्म चितवनमा सम्पन्न पार्टीको चौथो केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते गरिने प्रतिनिधिसभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै साे पार्टीले यस्तो परिस्थितिमा चलिरहेको चुनावी प्रक्रिया “जनताका समस्याबाट ध्यान हटाउने सत्ता– दलहरूको खेल मात्र” भएको आरोप लगाएको छ ।

देशमा सत्ता गठबन्धन र प्रतिपक्ष– दुबै असफल भई जनताको आधारभूत समस्याप्रति उदासीन बनेको, भ्रष्टाचार, दण्डहीनता, बेरोजगारी, सीमा समस्या र राष्ट्रिय सार्वभौमिकताप्रति गम्भीर चुनौतिहरू बढ्दो अवस्थामा रहेको पार्टीको निष्कर्ष निकाल्दै बैठकले
देशभक्त,गणतन्त्रवादी क्रान्तिकारी,जनवादी तथा वामपन्थीबीच संयुक्त मोर्चा निर्माण गर्ने र स्वाधिन संयुक्त सरकारको पक्षमा संघर्षलाई अगाडि बढाउने कुरामा जोड दिएको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीका महासचिव सी पी गजुरेल गौरवव्दारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “चुनावले जनताका वास्तविक समस्याको समाधान गर्दैन, यसले केवल असफल नेतृत्वलाई पुनःजीवन दिन्छ । हामी नयाँ जनवादी क्रान्तिको दिशामा वैज्ञानिक समाजवादी कार्यक्रमसहित अघि बढ्छौ ।” पार्टीले जनसत्तात्मक, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी र वामपन्थी शक्तिहरूबीच राष्ट्रिय राजनीतिक समन्वय गरी व्यापक मोर्चा निर्माण गर्ने, जनआन्दोलित कार्यक्रम अघि बढाउने र जनसहभागितामा आधारित संघर्षलाई तीव्र पार्ने जनाउँदै विज्ञप्तिमा
भनिएको छ– “चुनावको नाममा जनतामाथि पुनःप्रहार हुन नदिन हामी बहिष्कारको नीति र क्रान्तिकारी यात्रालाई अझ सशक्त रूपमा अघि बढाउँछौँ ।”