काठमाडौँ,१९ मंसिर ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन बहिस्कार गर्ने भएको छ ।

यही मंसिर १६ र १७ गते चितवनमा बसेको पार्टीको केन्द्रीय समितिको चाैथाे पूर्ण बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको महासचिव सीपी गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको सांगठनिक क्षमताको सापेक्षतामा वर्तमान सरकार र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारको कार्यक्रम अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट विभाजित भएर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्व मोहन वैद्यले हालै गजुरेललाई सुम्पेका हुन् ।