काठमाडौँ,१९ मंसिर ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

जनकपुर बोल्ट्सका आजका कप्तान जान निकोल लफ्टी इटनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । जनकपुरले ब्याटिङ गर्ने निर्णय गरेसँगै लुम्बिनीले बलिङ गरेकाे छ ।

केहीबेर अघि सुरु भएको खेलको पहिलो ओभरमै जनकपुरले पहिलो विकेट गुमाएको छ । जेजे स्मितले जनकपुरका ओपनर माज सदाकतको विकेट लिएका हुन् ।

५ बल खेलेका सदाकतले १ छक्का मात्र हान्न सफल भएका छन् ।

जारी एनपीएलमा लुम्बिनी लायन्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ । लुम्बिनीले यो खेलमा जित हासिल गरेमा प्लेअफमा पुग्नेछ ।

त्यस्तै जनकपुरले भने आजको खेल जितेर आफ्नो प्लेअफको सम्भावनालाई कायमै राख्ने प्रयास गर्ने छ । जनकपुरले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ ।